४ किलो ५५० ग्राम चरेश सहित २ जना पक्राउ

काठमाण्डौ,२३ माघ

            महानगरीय प्रहरी वृत्त थानकोटले अबैध लागुऔषध ४ किलो ५५० ग्राम चरेश सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विहान १०:१५ बजे चन्द्रागिरी नगरपालिका-१० बाट धादिङ गजुरी गाँउपालिका-५ का ईश्वर मगर र सोही ठाउँका भक्त मगरलाई पक्राउ गरेको छ । उनिहरूलाई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको ४ किलो ५५० ग्राम अबैध लागुऔषध चरेश बरामद गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।