सुन सहित मानिस नियन्त्रणमा

काठमाण्डौ,२१ माघ

          महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले सुन सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही २० गते १४:५० बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-५ जम्बोडाँडा गोठाटार पुल नजिक बा.१ज.१२४५ नम्बरको ट्याक्सिलाई चेकजाँच गर्दा कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने मकवानपुरका सन्तोष थोकरको साथबाट १५० ग्राम सुन बरामद गरेको छ । थोकरको साथबाट प्रहरीले ५०/५० ग्रामका ३ थान चुरा बरामद गरको हो । घटना सम्बन्धमा थप आवश्यक अनुन्धानको लागी भन्सार कार्यालय बुझाईएको छ ।