जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ,२१ माघ

           महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही सोमबार २०:०० बजे काठमाण्डौ महानगरपालिका-१५ स्वयम्भु स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा सिन्धुपाल्चोक लिसंखु गाँउपालिका-५का पासाङ लामा सहित ३ जनालाई नगद १ लाख १ हजार ५ सय रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।