अबैध लागुऔषध ४ किलो पोल्याण्ड सहित मानिस नियन्त्रणमा

काठमाण्डौ,२१ माघ

         महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध पोल्याण्ड ४ किलो सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले  सोमबार दिउसो नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने  मकवानपुर थाहा नगरपालिका-७ का राम बहादुर थापा मगरलाई पक्राउ गरेको छ  । थापा मगरको कोठाबाट प्रहरीले पोल्याण्ड ४ किलो बरामद गरेको छ ।

       यसै गरी सोमबार साँझ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-२५ नख्खुबाट मकवानपुर सिस्नेरीका श्याम लामा र रामेछापका शरण योञ्जनलाई डाईजेल्याप ७८ ट्याबलेट सहित नियन्त्रणमा लिएको छ  । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।