३ किलो गाँजा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ,२० माघ

              महानगरीय प्रहरी प्रभाग नागढुङगाले ३ किलो गाँजा सहित  १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज विहान धादिङबाट काठमाण्डौ आउदै गरेको बा.४ ख.८५२३ नम्बरको यात्रुबाहक सवारी चेकजाँच गर्दा धादिङ गजुरी गाँउपालिका-८का देवराज अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीले झोलामा लुकाई छिपाई ल्याएको ३ किलो गाँजा बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।