लागुऔषध सहित ७ जना पक्राउ

काठमाडौं, १  माघ

        महानगरीय प्रहरी प्रभाग चुनिखेलबाट खटिएको प्रहरी टोलीले पुस २९ गते १७:३० बजे ललितपुर गोदावरी नगरपालिका-९ जल्खु मोडबाट २ किलो ६० ग्राम गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही बुटवल घर भई भक्तपुर लोकन्थली बस्ने वर्ष २० विकास कडेल, वर्ष २१ को विमल थापा, काठमाण्डौ कीर्तिपुर नगरपालिका-१५ चोभार बस्ने वर्ष २३ को प्रज्वल बुढाथोकी, वर्ष २६ को अभिराज बुढाथोकी र ललितपुर महानगरपालिका-१५ भैंसीपाटी बस्ने वर्ष २२ को विशाल थापा छन् । प्रहरीले चेकजाँच गर्दा निजहरूको साथबाट उक्त परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो । साथै महानगरीय प्रहरी प्रभाग नागढुंगाले  पुस २९ गते १६:०० बजे नागढुंगा स्थित चेकपोष्टमा नियमित सवारी चेकिङको क्रममा बा.४१ प ९८४२ नम्बरको  होन्डा मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईक पछाडि सवार जिल्ला रामेछाप उपकुण्ड गाँउपालिका २ बस्ने बर्ष ३० को जिव छिरीङ शेर्पाको साथबाट  लागुऔषध १ किलो १५ ग्राम चरेश बरामद गरेको छ । चरेश सहित निज जिव छिरीङ शेर्पा र सोही स्थानका मोटरसाईकल चालक बर्ष २३ को फुर्वा शेर्पा समेत पक्राउ गरेको छ  । दुवै घटनामा आवश्यक अनुसन्धान भई रहेको छ ।