भन्सार छली ल्याएका विभिन्न कम्पनीका ३२ थान मोबाईल बरामद

काठमाण्डौ,२८ पुस

        महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले यही पुस २७ गते दिउँसो भन्सार छली ल्याएका विभिन्न कम्पनीका ३२ थान मोबाईल बरामद गरेको छ ।

 नागढुंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना. ७ ख ७३९५ नम्बरको यात्रु बाहक बसलाई चेकजांच गर्ने क्रममा बसमा बेवारिसे अवस्थामा बिल नभएका Oppo लेखिएको मोबाईल थान ७, Redmi लेखिएको बिभिन्न मोडलको मोबाईल थान २५ समेत  गरी जम्मा थान ३२, मोबाईल बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।