३४ थान कपडा बरामद

काठमाण्डौ,२७ पुस

          महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको  प्रहरी टोलीले चेक प्वाइन्टमा बीरगंजबाट काठमाण्डौ आउँदै गरेको ना. ६ ख ७२२७ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्ने क्रममा बसको पछाडीको डिकीमा ३ वटा सेतो बोरामा लुकाई छिपाई गरी ल्याएको अवस्थामा ३४ थान कपडा  बेवारिसे अवस्थमा बरामद गरेको छ ।  आवश्यक अनुसन्धान लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको छ ।