भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद

 काठमाण्डौ,२७ पुस

        महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले यही पुस २६ गते बिहान भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद गरेको छ ।

 नागढुंगा चेक प्वाइन्टमा बीरगंजबाट काठमाण्डौ आउदै गरेको ना.६ ख १५३४ नम्बरको यात्रु बाहक बसलाई चेकजांच गर्ने क्रममा बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा Apple कम्पनीको Iphone-11 मोबाईल थान २, Oppo लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२, Vivo लेखिएको मोबाईल थान ३६ , Redmi लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३, Samsung लेखिएको मोबाईल थान २ समेत  गरी जम्मा थान ७५, मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको छ ।  आवश्यक अनुसन्धान लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको छ ।