आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

 भक्तपुर,२७ पुस

               महानगरीय प्रहरी प्रभाग सानो ठिमीबाट मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखामा खटिएको प्रहरी टोलिलाई आर्थिक प्रलोभनमा पार्ने बा.३७ प.१२०६ नम्बरको मोटरसाईकल चालक बोडे बस्ने महोमद दिल्दार मियालाई नियन्त्रणमा लिएको छ ।  दिल्दार मियाको सवारी सम्बन्धी कागजात चेकजाँच गर्दा निजले प्रहरीलाई नगद १ हजार रुपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए ।

                यसै गरी महानगरीय प्रहरी वृत्त ठिमीबाट नलिन्चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने ना.८ ख.४३३७ नम्बरको टिफरचालक लमजुङका प्रेम बहादुर घर्तीलाई नियन्त्रणमा लिएको छ । घर्तीले मादकपदार्थ सेवन गरि सवारी चलाएकाले कारवाही गर्न खोज्दा प्रहरीलाई नगद १ हजार रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । दुवै घटनामा नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।