बेवारिसे ६७ जनाको उद्धार

काठमाण्डौ,१८ पुस

            काठमाण्डौ महानगरपालिका भित्र रहेका बेसहार अशक्त,असहाय, अभिभावक विहिन भई सडक आश्रित ६७ जनलाई काठमाण्डौका विभिन्न स्थानहरूबाट गएराती उद्धार गरिएको छ । सड्क आश्रीत मानवहरुको मानववोचित व्यवस्थापन गर्दै मानवमुक्त महानगर बनाउने  उद्धेश्यले मानसेवा आश्रम संगको सहकार्यमा सडकबाट उद्धार गरी मानव सेवा आश्रम बालाजुमा राखिएको छ  । महानगरीय प्रहरी वृत्त महाराजगंज,गौशाला,कालिमाटी,किर्तिपुर, स्वयम्भु लागाएतका स्थानहरूबाट उद्धार गरिएको हो । यसै गरी दरवारमार्ग,जनसेवा ,सिंहदरवार,कमलपोखरी र बानेश्वरबाट पनी उद्धार गरिएको छ । उद्धार गरएकाहरू मध्ये ६६ जना पुरूष र १ महिला रहेका छन ।