सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं, १८ पुस

स्थानीय जनप्रतिनिधि वा राज्यका लागी अहोरात्र खटिने राज्य संयन्त्रका कर्मचारी वा सुरक्षा निकायका कर्मचारीहरूले इमान्दारीपुर्वक निश्पक्ष भएर समान रूपमा पारदर्शी ढंङगले कानूनको अधिनमा रहेर जनतालाई दिने सेवा प्रवाहलाई प्रभावकारी बनाएमा विकास र समृद्द आउने र नेपाल सरकारले लिएको लक्ष्य पुरा हुने प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो ।

महानगरीय प्रहरी वृत्त गौशला, सामुदायिक सेवा केन्द्र चावहीलले शुक्रवार मित्रपार्कमा गरेको   सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिनुहुदै  सो कुरा उहाले बताउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुदै पोखरेल भन्नु हुन्छ “ उपत्यकाको कमाण्ड सम्हाले देखिनै आफ्नो पहिलो प्राथामिकता भनेको आर्थीक अनियमितता , भ्रष्ट्राचारमुक्त प्रहरी सेवा हो जुन झुपडी र महलको सेवाग्राही आउदा एउटै सेवा प्राप्त गर्ने छन”अलग अलग सेवा प्रवाह गर्ने हो भने  कहिले पनी सुशासन कायम नहुने बताउनु भयो ।

आफ्ना आफन्तबाटनै धेरै घटनाहरू घटेको स्मरण गराउदै सरक्षित समाज निर्माणको लागी सवैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउदै प्रहरी समुदाय साझेदारी कार्यक्रम मार्फत नागरीकहरू संग अझ नजिकहुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह गर्नु भयो ।

सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले  सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने बताउनु भयो । कार्यक्रममा पुर्व प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर राज रेग्मी, स्थानिय जनप्रतिनिधिहरू , लगाएतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।