लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न

काठमाडौं, ०८ पुस

     अहिलेका युवा र  विद्यार्थीहरूनै भोली राज्यका निकायहरूमा आई राज्य संचालन गर्ने हो तर  त्यही जनशक्तिनै पछिल्लो समयमा लागुऔषधको कुलतमा फसी आफ्नो जिवनलाई बर्बाद पारिरहेको प्रहरी नायव महानिरीक्षक विश्चराज पोखरेलले बताउनु भयो ।

             महानगरीय प्रहरी वृत्त कलमपोखरी , जेभियर इन्टरनेशनल कलेज कालोपुल र सामुदायिक सेवा केन्द्र नक्साल र कालोपुलले शुक्रवार विहान कालोपुलमा आयोजना गरेको  लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन कार्यक्रममा सो कुरा उहाले बताउनु भएको हो ।

            कार्यक्रममा बोल्नुहुदै  पोखरेले आमा,बाबु र गुरूहरूले आफुभन्दा ठुलो र असल बनाउन सदैव लागी परिरहने हुनाले उहाँहरूको उद्धेश्यलाई विद्यार्थीहरूले पुरा गर्नु पर्ने बताउनु भयो । लागुऔषधका प्रयोगकार्ताहरूले आफु, आफ्नो घरपरिवार,समाज र राष्ट्रको भार मात्र नभएर मानवजातीकै कलंकको रूपमा रही मृत्युशायी अवस्थामा पुग्ने बताउनु भयो ।

                विद्यार्थी जिवन अमुल्य जिवन भएकाले त्यस तर्फ विशेष ध्यान दिई आमाबाबुले पनी आफ्ना बालबच्चालाई विशेष ख्याल राखि उनीहरूको इच्छा आकांक्षालाई पुरा गर्ने नाममा अनावश्यक फजुल खर्च नदिने र किन के को लागी खर्च गर्दैछन भनि ध्यान दिएमा आफ्ना वच्चाहरू लागुऔषधको  कुलतमा नफस्ने पोखरेलले बताउनु भयो ।  

             कार्यक्रममा अचेल नाट्य समुहका कलाकारहरूले लागुऔषधको सेवनले समाजमा पार्ने नकरात्मक प्रभाव र कसरी लागुऔषधको कुलतमा पर्दछन भनी जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए । यसै गरी नेपाल प्रहरी संगित विद्यालयका कलाकारहरूले राष्ट्रिय गित र लागुऔषध विरूद्दको जनचेतनामुलक गिति नाट्क प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।