लागुऔषध सहित मानिस नियन्त्रण

काठमाण्डौ, १५ पुस

            महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई नियन्त्रण लिएको छ । प्रहरीले यही १४ गते १५:०० मध्यपुर ठिमि नगरपालिका-१ लोकन्थलीमा सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ का धर्मेन्द्र कुसहवालाई चेकजाँचगर्दा १ सय ३७ ट्याबलेट नाईट्राभेट बरामद गरेको छ ।

         यसै गरी महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर ठिमि नगरपालिका-१ दुधपाटीबाट  २ सय ग्राम गाँजा सहित दाङका साजन मगर र सिन्धुपाल्चोकका प्रबिन बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

            यसै गरी महानगरीय प्रहरी प्रभाग काडाँघारीबाट खटिएको प्रहरी टोलीले यही १४ गते १५:०० बजे कागेश्वरी नगरपालिका-९ बाट पेप्सीकोला बस्ने रूपन्देहीका निरज श्रेष्ठ र धादिङका हरी तामाङलाई चेकजाँच गर्दा डाईजोपाम,नुफिन र Promethazine गरी १८ एम्पुल लागुऔषध बरामद गरेको छ । सबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।