घरेलु मदिरा नष्ट

काठमाण्डौ, १५ पुस

      महानगरीय प्रहरी प्रभाग कपनले २१ सय ५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । प्रहरीले यही १४ गते १४:०० बजे बुढानिलकण्ठ नगरपालिका-१० कपन एरियामा टहरा बनाई घरेलु मदिरा उत्पादन गरिरहेको अबस्थामा तयारी मदिरा २१ सय ५० लिटर र कच्चा पदार्थ ७ हजार ३ सय  लिटर नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरेको छ ।