सुन सहित भारतीय नागरिक पक्राउ

काठमाण्डौ, १५ पुस

          त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुन सहित १ जना भारतीय नागरिकलाई मंगलबार  विहान पक्राउ गरेको छ । Fly Dubai  एयरलाईन्सबाट दुवई हुदै नेपाल आउने क्रममा विमानस्थलमा चेकजाँच गर्दा भारतीय नागरिक महाराष्ट्र, उमाशंकर थानी बस्ने  हरिराम  सुनिल (Passport N. R76388733) लाई आधा किलो सुन सहित विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।