आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

ललितपुर, २३ मंसिर             

            ट्राफिक प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.६८ प २९७१ नम्बरको मोटरसाईकल चालक भक्तपुर सुर्यबिनायक नगरपालिका-१ सिरूटारका अरूण थापालाई  नियन्त्रणमा लिएको छ । यही २२ गते ११:३० बजे ललितपुर महानगरपालिका १५ चापागाउँ दोवाटोमा चेकजाँच गर्दा मोटरसाईकलको कागज पत्र नभएकोले कारवाही गर्न खोज्दा निजहरूले प्रहरीलाई नगद ४ हजार दिई आर्थिक प्रलोभमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई अनुसन्धान  भईरहेको छ ।