US डलर सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २३ मंसिर          

          प्रहरीले आईतबार राती २०:१५ बजे त्रिभुवनअन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले US Dollar 11,994 सहित १ जना  पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । मालिण्डो एयर मलेसियाबाट काठमाण्डौ आएका  पाकिस्तानी नागरिक  AGHA ZEESHAN HAIDER लाई बिमानस्थलको आगमन कक्षमा चेक जाँच गर्दा शरीरमा लुकाई छिपाई राखिएको US Dollar 11,994 बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।