लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २३ मंसिर             

      महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित २ जनालाई यही मंसिर २२ गते २०:३० बजे बुढानिलकण्ठ नगरपालिका- ११ प्युटारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछापका मन्जिल राई र बुढानिलकण्ठ नगरपालिका-११ प्युटार घर हुने बर्ष २४ को अमृत श्रेष्ठ रहेका छन् । उनिहरूको कोठबाट प्रहरीले लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी ६६ एम्पुल त्यसै गरी ब्राउन सुगर २ ग्राम, ट्रामाडोल १०५ ट्याब्लेट, लागुऔषधले भरिएको सिरिञ्ज थान-१, खाली सिरिञ्ज थान १, नगद १७ हजार ५ सय रूपैयाँ  मोवाईल ३ थान बरामद गरेको छ ।

         यसै गरी महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई यही मंसिर २२ गते  १३:०० बजे नागार्जुन नगरपालिका-५ हलचोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भिमखुरी गाउँपालिका-२ घर भई नागार्जुन नगरपालिका-५ हलचोक बस्ने बर्ष २७ को गुन्ज बहादुर तामाङ, सितापाईला बस्ने बर्ष १९ को जय बहादुर तामाङ र दोलखा घर भई काठमाण्डौ नागार्जुन नगरपालिका- ०४ सितापाईला बस्ने बर्ष २८ को नारायण तामाङ छन् । उनिहरूको साथबाट लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी जम्मा १८५ एम्पुल र विभिन्न कम्पनिका मोबाईल-६ थान नगद ४ हजार बरामद गरेको छ ।

          यसै गरी महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले ललितपुर महालक्ष्मी नगरपालिका- १० भञ्ज्याङमा  चेकिङको क्रममा आईतबार २.५ किलो गाँजा सहित गोरखा घर भई ललितपुर लुभु बस्ने वर्ष २५ को सुमन गुरुङ, लुभुकै निकेश श्रेष्ठ र सुनम महर्जनलाई पक्राउ गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।