चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, २२ मंसिर 

        प्रहरीले काठमाण्डौ महानगरपालिका ८ पशुपतिमन्दिर पश्चिम ढोकामा मन्दिर दर्शनको लाईनमा बसेको भक्तजनको पाईन्टको गोजीबाट नगद १८ हजार चोरी गरेको अवस्थामा जिल्ला धनुषा घर भई हाल काठमाण्डौ पशुपति बस्ने वर्ष ६२ को रमेश खड्कालाई नगद सहित शनिबार पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।