लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २२ मंसिर             

        महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । यही मंसिर २२ गते  १७:३० बजे ललितपुर महानगरपालिका-१५ ग्वार्कोबाट  भक्तपुर सुर्यविनायकका  विदुर नगरकोटी, रौतहट घर भई ललितपुर चोवाहल बस्ने वर्ष २४ को सिनाम लोप्चन र ललितपुर ग्वार्कोका अभिनाश श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ । शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट  नाईट्रोजेपाम, नुफिन, डाईजेपाम र फेनारागन गरी ६७ एम्पुल र ट्रामा, स्यापपेन गरी ३० ट्याब्लेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।