लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १९ मंसिर             

          महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विहान १०:०० बजे धनुषाबाट काठमाण्डौ आउदै गरेको ना.७ ख.३५०८ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा धनुषा सवेला-९ का आतिशु ठाकुरले लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध नाईट्राभेट ५ सय १० ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।