लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १८ मंसिर             

            महानगरीय प्रहरी प्रभाग कोटेश्वरले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही १७ गते १५:०० बजे काठमाण्डौ महानगरपालिका-३२ फेमली क्याफेबाट काभ्रे बनेपा बस्ने मकवानपुर हेटौडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाहीलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।