अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाण्डौ, १४ मंसिर             

       काठमाण्डौ महानगरपालिका-११ केन्द्रीय कारागारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब २० ग्राम सहित सोही महानगरपालिका-२७ बस्ने २९ वर्षीय सुजन महर्जनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त कारागारमा अपहरण मुद्धाका कैदीलाई भेटघाट गर्न आएका उनको शरीर तलासी गर्ने क्रममा उक्त लागूऔषध जस्तो देखिने वस्तु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै महर्जनसँग आएका तारकेश्वर नगरपालिका-२ धर्मस्थली बस्ने २९ वर्षीय आशिष मुखियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।