जिल्ला प्रशासन कार्यालय भक्तपुरको सुचना !!!

भक्तपुर जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य क्षेत्र नं. १ मा हुने उप-निर्वाचनको दिन निर्वाचन हुने क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाईएको सम्बन्धमा ।

प्रस्तुत विषयमा भक्तपुर जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १  प्रदेश सभा सदस्य क्षेत्र नं. १ मा मिति २०७६।०८।१४ गते हुने उप-निर्वाचनको सुरक्षालाई मध्यनजर गरी मिति २०७६।०८।१३ गते राती १२:०० बजे देखि मिति २०७६।०८।१४ गते बेलुकी ०९:०० बजे सम्मका लागि निम्न स्थानहरुमा एम्बुलेन्स, शव-बाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतज्यु बाट स्वीकृत सवारी पास प्राप्‍त गरेका सवारी साधन बाहेकका सम्पुर्ण सवारी साधनहरुलाई प्रवेशमा रोक लगाईएको सुचना जारी गरिएको छ ।

सवारी आवागमनमा रोक लगाईएका स्थान र नाकाहरु :-

  • अरनिको राजमार्गको साँगा देखि राधेराधे सम्मको सडक खण्डबाट उत्तर तर्फ जाने सम्पुर्ण सवारी साधनहरु प्रवेशमा रोक ।
  • राधेराधे चोकबाट निकोशेरा चोक सम्मका सडक खण्डबाट पुर्व तर्फ जाने सम्पुर्ण सवारी साधनहरु प्रवेशमा रोक ।
  • पेप्सीकोला मनोहरा देखि निकोशेरा सडक खण्डबाट उत्तर तर्फ जाने सम्पुर्ण सवारी साधनहरु प्रवेशमा रोक ।
  • काठमाण्डौबाट भक्तपुर आउने पेप्सीकोला मनोहरा र जडिबुटी मनोहरा नाका बाहेकका सम्पुर्ण नाकाहरुबाट सवारी साधनहरु प्रवेशमा रोक ।
  • काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पुर्ण नाकाहरुबाट सवारी साधनहरु प्रवेशमा रोक ।

 

थप जानकारीको लागि :-

प्रहरी संचार कक्ष भक्तपुर :-

सम्पर्क नं. ९८५१२९०९७६

       आकस्मिक नं. १००

ट्राफिक प्रहरी  नं. १०३

प्रहरी परिचालन कक्ष:-

सम्पर्क नं. ९८५१२८३०२०

महानगरीय प्रहरी परिसर भक्तपुर ।

धन्यवाद !!

जय नेपाल !!!