आठ किलो सुन सहित दुई जना पक्राउ

काठमाण्डौ, १३ मंसिर     

       त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुन सहित २ जना चिनियाँ नागरिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राहदानी नम्बर ईए ५८०७५९८ बाहक Chen Qinghuang र राहदानी नम्बर ईएच ६५९६६३७ बाहक Chpen Zhaoyang रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट आएका उनीहरुलाई विमानस्थलको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।