लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १३ मंसिर             

            महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले काठमाण्‍डौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट  अवैध लागुऔषध चरेश १६ केजी ३ सय ग्राम सहित २ जनालाई बिहिबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर आग्रा नगरपालिका-२ बस्ने ५१ वर्षीय प्रताप मोक्तान र मकवानपुर थाहा नगरपालिका-७ बस्ने सन्तोष खत्री रहेका छन् । नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले साथमा लुकाइछिपाई ल्याएको उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।