लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १२ मंसिर             

         प्रहरीले लागुऔषध सहित १ जनालाई यही मंसिर ११ गते १८:३० बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने ४३ वर्षीय मनोज खत्री छन् । निजले ललितपुर महानगरपालिका-९ बालकुमारी स्थित NCIT कलेजको पार्किङ्गमा चार्ज राखेको मोवाईल चोरी गरेको अवस्थामा पार्किङ्गको कर्मचारीले फेला पारी प्रहरीलाई प्रहरी खबर गरेको थियो ।  खबर पश्चात महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजको साथबाट विभिन्न कम्पनिको मोवाईल ५ थान,लागुऔषध नाईट्राभेट ३ ट्याब्लेट,ट्रमा १० ट्याब्लेट र नगद २१ हजार ४ सय ४५ रूपैयाँ  बरामद गरेको छ ।   यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।