लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ११ मंसिर             

    महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट अवैध लागूऔषध गाँजा २ केजी २ सय ग्राम सहित २ जनालाई बुधबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान डेरा गरी बस्ने डडेल्धुरा घर भएका २१ वर्षीय अजय पनेरु र कैलाली घर भएका २३ वर्षीय भिम बहादुर केसी रहेका छन् । प्रहरीले उनीहरुको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकु बिष्णुमती पुलबाट काभ्रे भकुण्डेबेसी घर भई टेकु बस्ने ३९ वर्षीय बिष्णु लामालाई नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १५ एम्पुल सहित बुधबार बिहान पक्राउ गरेको छ । प्रहरीले उनलाई  उक्त परिमाणको लागूऔषध सहित नियन्त्रणमा लिने क्रममा लामा पुलबाट हाम फाल्दा घाइते भएका छन् । घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।