लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १० मंसिर             

           महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध चरेश सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ९ गते १६:०० बजे कोटेश्वर जडिबुटीबाट गठ्ठाघर बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-१० का शिव प्रसाद ढुङगेललाई पक्राउ गरेको छ । ढुङगेलको साथबाट प्रहरीले अबैध लागुऔषध चरेश १ किलो २ सय ग्राम बरामद गरेको छ ।    

             यसै गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही ९ गते १२:०० बजे ललितपुर महानगरपालिका-१५ हात्तीवनबाट धापाखेल बस्ने मकवानपुर हेटौडाका सन्तोष बजगाईको साथबाट फेनरागन, नुफिन गरी ६९ एम्पुल, IDA १३ प्याकेट र ३ थान  सिरिन्ज  समेत बरामद गरेको छ ।  

          यसै गरी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध पोल्याण्ड सहित ४ जनालाई यही ९ गते १३:४५ बजे सानेपाबाट  पक्राउ गरेको छ । सानेपा बस्ने आकाश तामाङ, सोही ठाउँका  सुवास महर्जन, साईमन श्रेष्ठ र रूपक तुलाचन्दलाई अबैध लागुऔषध पोल्याण्ड १ किलो ३९५ ग्राम र गाजाँ १६० ग्राम सहित पक्राउ गरेको छ । सबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।