जुवातस खेल्ने २४ जना नियन्त्रणमा

ललितपुर, ०९ मंसिर             

        महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने २४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही ८ गते २१:३० बजे गोदावारी नगरपालिका-४ वडीखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका अशोक कुमार पहरी सहित २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।