आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

ललितपुर, ०९ मंसिर             

महानगरीय प्रहरी प्रभाग लगनखेलबाट  खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.८८ प ६१२ नम्बरको मोटरसाईकलमा सवार ललितपुर हरिसिद्धिका सन्दिप महर्जन र सोही ठाउँका रिपु महर्जनलाई नियन्त्रणमा लिएको छ । यही ८ गते २२:३५ बजे लगनखेल मालपोत कार्यालय नजिकै चेकजाँच गर्दा लागुऔषध गाँजा ५० ग्राम फेलापारी कारवाही गर्न खोज्दा निजहरूले प्रहरीलाई नगद २ हजार दिई आर्थिक प्रलोभमा पारी कारवाहीबाट बच्न खोजेका थिए । लागुऔषध र नगद सहित नियन्त्रणमा लिई अनुसन्धान  भईरहेको छ ।