अबैध नगद सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०९ मंसिर             

         त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अबैध नगद सहित १ जना भारतीय नागरीकलाई नियन्त्रणमा लिएको छ । यही ८ गते १७:३० बजे FLY DUBAI को एयरलाईन्सबाट दुवई जान लागेका भारतीय नगरीक ASHFAQ MIRZA  लाई नियन्त्रणमा लिएको छ ।  विमानस्थलको HAND BAGGAGE एरियामा चेकजाँच गर्दा प्रहरीले निजको  साथबाट ५ सय दरका ३१८ थान साउदी रियाल १५ लाख ९० हजार HAND BAGGAGE भित्र लुकाई छिपाई लैजान लागेको अबस्थामा बरामद गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।