लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०९ मंसिर             

           महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ६ जनलाई पक्राउ गरेको छ । प्रहरीले यही ८ गते १५:०० बजे ललितपुर नटोल, छवाल र गवहालबाट लुभु बस्ने सिन्धुलीका निराज लिम्बु, नटोल बस्ने किर्तिपुरका  सुसन महर्जन, सिन्धुपाल्चोकका सुजित थापामगर, ताप्लेजुङका भक्तराज लिम्बु, धनुषाका कजोक राउत र सुनसरीका अनिल शाक्यलाई ट्रमाडोल २ सय ४७ ट्याबलेट सहित नियन्त्रणमा लिएको छ ।

          यसै गरी आज बिहान ०८:१५ बजे महानगरीय प्रहरी प्रभाग नागढुङगाले बिरगंजबाट काठमाण्डौ आउँदै गरेको ना.५ ख.२४८६ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगा चेकप्वाईन्ट चेकजाँच गर्दा सिन्धुली मुलकोट-१ का सुशन आछामी र खोटोङ दिक्तेलका निशान पौडेलको साथबाट लागुऔषध नुफिन, फेनरागन, डाईजेपाम  गरी ४९ एम्पुल बरामद गरेको छ ।  दुबै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।