लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०८ मंसिर             

        महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । यही मंसिर ७ गते २१:०० बजे सर्लाही हरिवन नगरपालिका- ११ घर भई ललितपुर सानेपा बस्ने बर्ष २३ को सुर्य बहादुर तिमल्सिनालाई नाईट्राभेट ५८५ ट्याब्लेट सहित बल्खुबाट पक्राउ गरेको छ । सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निजलाई उक्त लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।