लागुऔषध पोल्याण्ड १ किलो सहित भारतिय नागरिक नियन्त्रणमा

काठमाण्डौ, ०६ मंसिर             

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध पोल्याण्ड १ किलो सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले आज विहान ११:३० बजे शंखरापुर नगरपालिका-९ इन्द्रेणीमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बा. ९६ प.९८५३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने भारत जितिया जिल्ला पोखरियाका राकेश साहको साथबाट अबैध लागुऔषध पोल्याण्ड १ किलो बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।