लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०६ मंसिर             

        महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ५ गते २१:५० बजे विरगंजबाट काठमाण्डौ आउदै गरेको ना. ५ ख. ८२५० नम्बरको सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा चितवन रत्ननगर नगरपालिका-१२ का विशाल पौडेलको साथबाट फेनारागन, डाईजेपाम र नुफिन गरी २७ एम्पुल  बरामद गरेको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।