प्र.ना.म.नि. शैलेश थापा क्षेत्रीद्धारा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं, ६ मंसिर

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत Softwarica College Of IT & E-Commerce ज्ञानेश्वरमा अध्यनरत विद्यार्थीहरूसँग साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम यही मंसिर ६ शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले लागुऔषध, साइबर क्राइम र सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिनु हुँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गर्नुभयो । हामीमा सवै ठाउँमा प्रहरी राखे मात्र शान्ति सुरक्षा कायम गर्न सकिने जुन धारणा छ त्यो धारणाबाट माथी उठनु पर्ने बताउनु हुदै अपराध नियन्त्रणको लागि सबैको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । अभिभावकहरूले आफ्ना बच्चाहरूलाई कम्प्युटर, मोवाईल चलाउन दिदा अभिभावकको प्रत्यक्ष निगरानीमा चलाउन दिएमा पनि साइबर अपराधमा नपर्ने बताउनु भयो ।
प्रविधिको प्रयोग बढ्दै संसार साघुरीएको अवस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिका विच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनि निगरानी गर्ने र बालबालिकाले पनि साथीहरूसँग जादा को संग जाने,कहाँ जाने, कतिखेर फर्कने लगाएतका जानकारी दिएमा अपराध घटन सहयोग पुग्ने बताउनु भयो ।

समुदाय-प्रहरी वडा समिति काठमाण्डौ महानगरपालिका-३०, महानगरीय प्रहरी वृत्त कमलपोखरी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजनामा र Softwarica College Of IT & E-Commerce ज्ञानेश्वरको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।