लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०५ मंसिर             

        महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । यही मंसिर ४ गते १४:०० बजे काठमाण्डौ नागर्जुन नगरपालिका-४ बाफलमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङ पथरी नगरपालिका १ शनिश्चरे घरभई काठमाण्डौ महानगरपालिका १४ बल्खु डेरा गरी बस्ने बर्ष ४२ को गोकुल बहादुर  खड्कालाई लागुऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी १ सय ६९ एम्पुल सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।