चोरीको समानहरू सहित नियन्त्रणमा

काठमाण्डौ, ०४ मंसिर             

महानगरीय प्रहरी वृत्त महाराजगंजले चोरी गर्ने १ जनालाई चोरीको समानहरू सहित पक्राउ गरेको छ । प्रहरीले यही ३ गते २०:०० बजे  बाजुरा गौमुल गाँउपालिका-२ दहकोट घर भइ काठमाण्डौ महानगरपालिका-३ खाडिपाखा बस्ने दिनेश वि.क.लाई पक्राउ गरेको छ । वि.क.ले यही मंसिर २ गते काठमाण्डौ महानगरपालिका-३ तिलिङगेटार स्थित रोयल कम्लेक्स सिर्जन सटिङ्ग एण्ड सुटिङ्ग टेलरिङ सेन्टमा चोरी गरि फरार भएका थिए । प्रहरीले वि.क.लाई पर्वत गुल्मी, पोखरा एण्ड दाङ गेष्ट हाउसको कोठा नं.३०६ बाट नगद २५ हजार, सउदी रियल १ दरका १ सय २६ थान, पाईन्ट, कोट ,सर्ट, स्टकोट , ज्याकेट गरि ७३ थान बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।