आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ०४ मंसिर             

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बसुन्धरा स्थित फुडल्याण्ड एण्ड गेष्ट हाउस संचालिका उदयपुर गाईघाट नगरपालिका-५ की सोम माया राईलाई पक्राउ गरेको छ । राईले संचालन गरेको गेष्ट हाउसमा अनैतिक क्रियाकलापहरू भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीलाई नगद ५० हजार रूपैया दिई आर्थिक प्रलोभनमापारी कारवाहीबाट बच्न  खोजेका थिए । राई सहित ४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।