१ किलो चरेश सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०४ मंसिर             

महानगरीय प्रहरी प्रभाग नागढुङगाले १ किलोग्राम चरेश सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ३ गते १५:१५ बजे नवलपरासीबाट काठमाण्डौ आउँदै गरेको लु.२ ख.८४३ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगा चेकप्वाईन्टमा चेकजाँच गर्दा धादिङ थाक्रे गाँउपालिका-३ का कोलुक राज तामाङको साथबाट अबैध लागुऔषध चरेश १ किलो बरामद गरेको छ । यसै गरी सोही समयमा मकवानपुर हेटौडाबाट काठमाण्डौ आउँदै गरेको ना.७ ख.२२४० नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा मोरङका विभेष खड्काको साथबाट गाँजा २ किलो २० ग्राम बरामद गरेको छ । दुवै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।