लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०३ मंसिर             

            महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ  । प्रहरीले यही २ गते १४:०० बजे बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट सोही ठाउँ बस्ने सिन्धुपाल्चोकका रमेश बि.क. र काभ्रेका अरूण नेपलीलाई लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी ४२ एम्पुल सहित पक्राउ गरेको छ ।

            यसै गरि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले यही २ गते १७:३० बजे भक्तपुर सुर्यबिनायक नगरपालिका-८ जगाती चेकप्वाईन्टमा सुनसरीबाट काठमाण्डौ आउँदै गरेको बा.४ ख.२२६३ नम्बरको माईक्रोलाई चेकजाँच गर्दा बेवारीसे अवस्थामा डाईनेक्स १ सय ९० बोतल र नाईट्राभेट २० पत्ता फेला पारेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।