आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ०२ मंसिर

     महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट काठमाण्डौ महानगरपालिका-३२ सनराईज चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.९६ प.९३६६ नम्बरको मोटरसाईकल चालक दोलाखा घर भई काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने अनुप सुवेदी र बा.८७ प.३२०४ नम्बरको मोटरसाईकल चालक वर्ष २८ को उमेश सुबेदीलाई नियन्त्रणमा लिएको छ । यही मंसिर १ गते २१:०० बजे सनराईज चोकमा चेकजाँच गर्दा निजहरू दुबैले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाई रहेको अबस्थामा फेला पारी कारबाही गर्न खोज्दा निजहरूले प्रहरीलाई नगद ५/५ सय रूपैया गरी १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।