जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, ०१ मंसिर

     महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ६ जनालाई नगद २ लाख ५९ हजार ५० रुपैया सहित नियन्त्रणमा लिएको छ । प्रहरीले कार्तिक ३० गते १६:३० बजे काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर कात्यानी स्थित नविन किशोर भोजपुरेको घरमा जुवातास खेलिरहेको अबस्थामा निज सहित ६ जनालाई नगद २ लाख ५९ हजार ५० रुपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।