आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ०१ मंसिर

     महानगरीय प्रहरी वृत्त, सिंहदरबारबाट काठमाण्डौ महानगरपालिका-११ बबरमहलमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.७६ प.५५१५ नम्बरको मोटरसाईकल चालक ललितपुर बालकुमारी बस्ने रामेछाप खाडाँदेवी गाउँपालिका-५ का संयज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । यही मंसिर १ गते बिहान १:१० बजे बबरमहलमा चेकजाँच गर्दा श्रेष्ठले मादक पदार्थ सेवन गरी मोटरसाईकल चालाई रहेको अबस्थामा फेला पारी कारबाही गर्न खोज्दा निजले प्रहरीलाई नगद ५ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।