कौडा खेलिरहेको अवस्थामा मानिस नियन्त्रणमा

काठमाण्डौ, ३० कार्तिक             

        महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास कौडा खेलिरहेको अवस्थामा नगद २ लाख २० हजार ५ सय ९० रूपैयाँ सहित ६ जना पक्राउ गरेको छ । यही कार्तिक २९ गते २३:०० बजे काठमाण्डौ  कागेश्वरी नगरपालिका-६ मुलपानी स्थित  वर्ष ३४ को सोनाम लामाको घरमा जुवातास  कौडा खेलिरहेको अवस्थामा  नगद २ लाख २० हजार ५ सय ९० रूपैयाँ, १६ थान कौडा र घर धनी सोनाम लामा सहित ६ जनालाई पक्राउ गरेको छ  ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।