लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ३० कार्तिक             

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले यही कार्तिक २९ गते १८:०० बजे काठमाण्डौ महानगरपालिका-२६ म्हैपीबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सप्तरी, मधुपट्टी नगरपालिका-१ घर भई काठमाण्डौ नयाँ बसपार्क बस्ने वर्ष २३ को सन्तोष कुमार चौधरीलाई शंखा लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट फेनारागन, डाईजेपाम र नुर्फिन गरी २२५ एम्पुल लागुऔषध बरामद गरेको छ । निजलाई उक्त लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।  साथै महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही कार्तिक २९ गते १७:४५ बजे काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधाराबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा खटिएको प्रहरीले  सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका - १२ बस्ने वर्ष ३० को रमेश गुरुङ्गलाई पक्राउ गरेको छ  । निजलाई चेकजाँच गर्दा निजको साथबाट फेनारागन,डाईजेपाम,लुफिजोसिक गरी जम्मा ७४ एम्पुल बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।