आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, २८ कार्तिक

            महानगरीय प्रहरी वृत्त लैनचौरबाट काठमाण्डौ महानगरपालिका-२६ नयाँबजारको नयाँपुलमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.४६ प ९५१० नम्बरको मोटरसाईकल चालक मकावानपुर हेटौडा नगरपालिका १४ घर भई काठमाण्डौ बनस्थली बस्ने वर्ष ३२ को रविन्द्र थपलियालाई पक्राउ गरेको छ । यही कार्तिक २७ गते २१:३० वजे नयाँबजारको नयाँपुलमा चेकजाँच गर्दा मार्दक पदार्थ सेवन गरी  मोटरसाईकल चलाएका थिए । कारवाही गर्न खोज्दा निज चालक रविन्द्रले प्रहरीलाई नगद २ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ । साथै महानगरीय प्रहरी दंगा नियन्त्रण गण त्रिपुरेश्‍वरबाट काठमाण्डौ महानगरपालिका १४ ताहचल स्थित श्रम कार्यालयमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने रूकुम भेरीसिंह घर भएका वर्ष ३३ को टोप बहादुर बिष्टलाई पक्राउ गरेको छ । यही कार्तिक २७ गते १४:३० वजे निजले श्रम स्विकृति गरीदिनको लागि नगद  १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।