जुवातास खेल्ने मानिस नियन्त्रणमा

काठमाण्डौ, २८ कार्तिक             

      महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले यही कार्तिक २७ गते १८:०० बजे ललितपुर कोञ्जोसोम गाउँपालिका-४ तल्लो नल्लु स्थित सागर तामाङ्गको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा निज सागर तामाङ्ग सहित ५ जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद ५८ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास कौडा १३ थान बरामद गरेको छ । घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।